न त रानीपोखरी न त ताजमहल बनाउन सक्छु,
सक्छु त केवल तिम्रै मन हलचल बनाउन सक्छु ।
एकपटक मलाई एउटा अवसर दिएर त हेर्नुहोस्,
म जस्तो-सुकै खराबलाई नि असल बनाउन सक्छु ।
असफल अनि नाजुक मेरो आफ्नै जिन्दगीलाई,
म कठोर सङ्घर्ष गरेर नि सफल बनाउन सक्छु ।
आऊ तिमी, तिम्रो संसार भुलेर मेरो संसारमा बस,
तिम्रो संसार तिमीले सोचेभन्दा नि शीतल बनाउन सक्छु ।
महल बनाउन सकिएन, सम्पत्ति कमाउन सकिएन,
अरू केही नसके पनि दुई-चार थान गजल बनाउन सक्छु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




