लघुकविता
खुसीकै भए पनि “आँसु” आँसु नै हो,
रुझ्न किन आयौ? मायाकै भए पनि
“जाल” जाल नै हो, जेलिन किन आयौ ?
धेरै काँडा सहेको जिन्दगी हो यो,
बिझाउन सक्छ, प्रिय।
व्यर्थै अँगालोमा बेरिन किन आयौ ?
एउटा मोडमा भेटिएको खुसी
अर्को मोडमा हराउन पनि सक्छ,
व्यर्थै जुनी-जुनीको बाचा-कसम किन खायौ ?
आखिर सँगै हिँड्दा-हिँड्दै पनि जीवनको
अन्तिम यात्रामा नितान्त एक्लो हुनु नै छ,
जुन यात्रामा — न चाहेर मैले तिमीलाई भेट्न सक्छु,
न चाहेर तिमीले मलाई भेट्न सक्छ्यौ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 










