१
तिम्रो परलोक प्रेमीको हुलाकी हुँदैछु,
तिम्रो पीडा बुझेर म पनि रुँदैछु,
प्रेमको महत्त्व कति हुन्छ भनेर सोच्दै,
थाहा नपाउने गरी तिम्रो मन छुँदैछु।
२
पछिलाई भनेर पहिल्यै प्रीति साँच्यौँ,
प्रेमको राजमार्गमा छमछमी नाच्यौँ,
अहिले चाहिनेभन्दा बढी उफ्रि-उफ्रि नाच्दा,
दुई किनारलाई जोड्ने पक्की पुल भाँच्यौँ।
३
मसँग तिमीलाई भरपूर माया गर्ने क्षमता छ,
त्यो दिलको भकारीमा प्रेम-दाना भर्ने क्षमता छ,
यदि मसँग सधैँका लागि टाढा भयौ भने,
लुगा सिउने धागोमा पनि झुन्डिएर मर्ने क्षमता छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




