मुटु भित्रै भए पनि, छामिरहूँ जस्तो हुने,
आँखाभित्रै भए पनि, हेरिरहूँ जस्तो हुने।
बानी यस्तो परिसक्यो, भनी साध्य छैन,
तिमी आउने बाटो हेरी, कुरिरहूँ जस्तो हुने।
पिर लाग्छ किन-किन, सक्दिनौ कि उकालीमा,
हात समाई तानिदिन, झरिरहूँ जस्तो हुने।
आफू बरु हारे पनि, मैले जिते खुसी हुन्छ्यौ,
सधैँभरि तिमी सँगै, हारिरहूँ जस्तो हुने।
पानी जस्तै बगी जाने, एउटा छ यो जिन्दगानी,
पिरतीको खोला सँगै, तिरिरहूँ जस्तो हुने।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 





