तपाईँलाई महामहिम बनायौँ
महामहिमको विशेषण दियौँ।
महामहिम
तपाईँमा अगाध श्रद्धा
निष्ठा र विश्वास राख्यौँ।
तर,
हाम्रो जीवन रूपान्तरित भएन
जीवन खुसी र सुखी भएन।
हाम्रो मार्ग अवरुद्ध भयो
हामी जहाँका त्यहीँ स्थिर भयौँ।
हामी अन्धा भयौँ।
हाम्रो श्रद्धा अन्धा
हाम्रो निष्ठा अन्धा
र हाम्रो विश्वास अन्धा रहेछ।
महामहिम, हाम्रो श्रद्धा अन्धा रहेछ।
हाम्रो मार्ग अवरुद्ध भयो।
हामी दुःखी भयौँ
मन अशान्त भयो।
हामीलाई पीडा दियो
घृणा, क्रोध र वैमनस्यता दियो।
हामीलाई अभय प्रदान गर्न सकेन।
महामहिम
तपाईँमाथि अन्धा श्रद्धा राख्यौँ !
श्रद्धा सब्जेक्टिभ हुनुपर्थ्यो !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 










