दिल उदार भो, कारागारको कैदी जस्तो
पलहरू थिए चिमोटिने मुटु यादगारको।

भूल अनेकौँ चेष्टा, बिर्सने हर प्रयत्नको
असमञ्जस भो मनमा पलहरू यादगारको।

कुन ओखती त्यो मेरा प्राण बचाउने होला ?
आभास मनमा झलक तिम्रो यादगारको।

अनिद्राको रात छटपटी, बिछ्यौनामा पल्टिँदै
खहरे दुई नयन वर्षात झैँ भो यादगारको।

कुन तराजुले जोख्लान् कहिले मेरो प्रेमको ?
जिउनु-मर्नु कठिन भो ती पल यादगारको।