सानैदेखि सुन्दै आएको
पवित्र मिठासले भरिएको
कोमल, न्यानो, रसिलो शब्द
अमर रहने
हृदयमा बस्ने
शब्दको नाम ‘आमा’ राखियो।
जप्दै-जप्दै धर्तीमा आइयो
ईश्वरको नाममा आमा पुकारियो।
शब्द र उच्चारण अनेकाैँ पाइयो
अर्थ खोल्दा आमाको ममता पाइयो।
नदी र पर्वत
मधेस तर्छन्
भड्की हिँड्छन् कुन द्वार?
ईश्वरलाई प्राप्त गर्नका निम्ति
किन हिँड्छौँ चारैतिर?
फर्क, फर्क
यात्रा रोक, जाऊ
समाऊ आमाको पाउ।
खुसी, माया देऊ न सुख,
प्राप्त गर्नेछौँ ईश्वर।
शब्द छ मिठो
अर्थ सुनौलो
ममताको साथमा आमा पुकारौँ।
आमा-आमा जप्दै भन
‘आई लभ यु, आमा!’



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ पुष २०८२, मंगलवार 




