१.

यसरी किन धोका दियौ निष्ठुरी बनेर?
जानीजानी बदला लियौ निष्ठुरी बनेर।
मलाई सधैँ मायाको नाटक देखाउने,
आखिर तिमी मात्रै थियौ निष्ठुरी बनेर।

२.

सारा दुनियाँलाई ढाँट्नु कसले सिकायो?
घरिघरि मेरै कुरा काट्नु कसले सिकायो?
जति सम्झाउँदा नि मान्दै मान्दिनौ किन,
पैसामा जवानी साँट्नु कसले सिकायो?

३.

साँच्चै हुने हार, दैव नटार भने जस्तै भयो।
यस्तै हो जिन्दगीको सार भने जस्तै भयो।
दैवले कस्तो खेल खेल्यो मेरो जिन्दगीमा,
सधैँ दुःखपीडा बारम्बार भने जस्तै भयो।

४.

कहिल्यै पनि छाएन उमङ्ग, के गुनासो गरूँ?
पारेर सारा दुनियाँलाई दङ्ग, के गुनासो गरूँ?
सधैँ मलाई झूटो मायाको नाटक देखाउने,
तिमी जस्ती धोकेबाजसँग के गुनासो गरूँ?