आँखाले नानीलाई घुमाएको छ,
यो जिन्दगानीलाई घुमाएको छ ।
पक्कै मान्छे लेखक नै हुनुपर्छ,
आफ्नै कहानीलाई घुमाएको छ ।
प्रेम खहरे खोला जस्तो रहेछ,
समय जवानीलाई घुमाएको छ ।
विचार मन्थन हुनु जरुरी देख्छु,
नेतीले मदानीलाई घुमाएको छ ।
हाँसेर जीवन बिताउँछु भन्थेँ,
चाहिने बेला सिरानी घुमाएको छ ।
तिमीले विस्थापित गरेर के भो,
घट्टले नै पानीलाई घुमाएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 









