ऊ देख्छ
टुटेका सपनाहरू
र जोड्न खोज्छ।

ऊ महसुस गर्छ
अन्यायका गहिरा चिरा
र भरिदिन्छ आशाका रेखाहरू।

समाजवाद
उसको आदर्श हो।
वाम एकता
उसको प्रतिगमनविरुद्धको आन्दोलन।

उसको अबको बाटो
समाजवादको यात्रा। उसको अभियान
फुटेकाहरू जोड्ने,
जेनजी विद्रोहले जलेको देश बनाउने।

वाम एकता हुनु केवल स्वार्थ होइन,
अपरिहार्य हो।
सङ्ख्या मात्रै होइन, बल हो।

जनयुद्धका शहीदको बलिदान
र सङ्घर्षबाट प्राप्त गणतन्त्र जोगाउन
अन्धकारसँग भिडिरहनु हो।

ऊ जेनजी विद्रोहका
घाइतेहरूको घाउ देख्छ
र मलम खोज्छ।
उसलाई त घाइतेहरू तङ्ग्रिएको देखिनुपर्छ।

गरीबको दुःख उसको घाउ हो।
जेनजीको माग उसको मुद्दा हो।
समानताको सपना उसको बाटो हो।

त्यसैले त रोज्यो उसले
अध्यारोबाट उज्यालोतर्फको नयाँ बाटो।
ऊ बिलाउन चाहेन,
सकिन चाहेन,
बरु हराउन थालेका,
बिलाउन खोजेकाहरूलाई
बाँध्यो वाम एकताको डोरीले।
वाम एकता हुनु कम्युनिस्टहरू मिल्नु हो,
शक्तिशाली हुनु हो,
एकतामा विश्वास गर्नु हो,
न्यायको बाटो रोज्नु हो।
औँसीको अन्धकार रातमा पनि त तारा उदाउँछ,
हो, अहिले तारा उदाएको हो
रातलाई उज्यालो बनाउन!