यहीँ दुःख, पीर, व्यथा हो, चिन्न नसकेको,
सबथोक छ आमा, सुख हो किन्न नसकेको।
अगाडिबाट प्रहार गर्नेको रत्तीभर डर लाग्दैन,
पिठ्युँमा भाला हान्नेलाई हो चिन्न नसकेको।
जोड-घटाउ गणितका एक–एक भागफल गरेँ,
जिन्दगी रहेछ दशमलव, भिन्न नसकेको।
जे जति छ मिलिजुली खाउँला, पियारी,
झुटो आश्वासन कसैलाई दिन्नँ नसकेको।
लाख कोशिश गर्दा गर्दै हार भयो त के गरूँ,
त्यहीँ घट्टको ढुङ्गा हुँ, दुःख पिन्न नसकेको।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




