एउटा नयाँ युगको खोजीमा छु,
जो शान्त परिवेश होस्,
ज्वलन्त उदाहरण होस्,
निःस्वार्थ भावना सबैमा होस्।
एउटा नयाँ युगको खोजीमा छु।
मान्छे–मान्छेको बस्ती होस्,
अहङ्कार, घमन्डदेखि टाढा होस्,
विश्वास, सद्भावना होस्,
इमानदारको मात्र बस्ती होस्।
एउटा नयाँ युगको खोजीमा छु,
न्याय र भरोसाको जित होस्,
गरिबीमा मुस्कान होस्,
जीवन जिउने आधार होस्,
मायामोह सबैमा होस्,
जीवन भक्तिमय होस्।
एउटा नयाँ युगको खोजीमा छु,
विश्वासघातको अन्त होस्,
सबै प्राणीको जनअधिकार संरक्षण होस्,
गाउँको मुहार फेरिएको होस्,
लक्ष्यको आधार बलियो होस्।
एउटा नयाँ युगको खोजीमा छु,
साहित्य, कलाको सम्मान होस्,
भाषा, संस्कृति, लोक, नेपाली परम्परा विश्वमा चर्चित होस्,
हरेक गाउँ स्मरणीय, सुन्दर होस्।
एउटा नयाँ युगको खोजीमा छु।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




