यहाँ कसैको भरोसा हुन्न श्रीमान्,
केवल घोकेर गीता हुन्न, श्रीमान्।

हदभन्दा प्यार कसैलाई नगर्नु,
सधैँ कोही साथमा हुन्न श्रीमान्।

लागेपछि कसैको ज्यान लिन सक्छ,
गोलीको कुनै आँखा हुन्न श्रीमान्।

फूल जतिसुकै फक्रिए तापनि हजुर,
सधैँभरि तरोताजा हुन्न श्रीमान्।

सुन्दरीले नजर केवल सन्काए,
के-के पो त दुनियाँमा हुन्न श्रीमान्।