कोरिएका शब्द तिम्रै नाममा,
भावनालाई अँगाल्न खोज्दैछु म।
बिपनामा साँचेको माया यो,
सपनी सम्झेर झस्किन्छु म।
महल देख्ने सपना अचेल,
झुप्रो र खण्डहर देख्दैछु म।
हृदयका रङले पोतेका चित्र,
नमेटिने दाग होस् भनी सम्झन्छु।
तिमीबाहेक को छ र मेरो,
हक अधिकार जमाउन सकूँ म?
जिन्दगीको तार तिमीसँगै बाँध्ने,
अन्तिम पलसम्म नटुट्ने गर्दैछु म।
रातका तारा तिम्रै आँखामा,
दिनको घाम तिम्रै मुस्कानमा।
समयको लयमा नाच्दैछु म,
तिम्रै धुनमा बाँच्दैछु म।
बादलका छायाँ तिम्रै स्मृतिमा,
वर्षाको थोपा तिम्रै आँसुमा।
खाली मनलाई भरिदेऊ तिमी,
अटुट बन्धन बनाइदेऊ तिमी।
तिमीबाहेक को छ र मेरो,
हक अधिकार जमाउन सकूँ म?
जिन्दगीको तार तिमीसँगै बाँध्ने,
अन्तिम पलसम्म नटुट्ने गर्दैछु म।
कोरिएका शब्द… तिम्रै नाममा…
भावनालाई अँगाल्न… खोज्दैछु म…



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ मंसिर २०८२, बुधबार 










