कस्तो लाग्यो त वस्त्रहरणको भाओना* ?
जिउ थापेरै सफा गरेको थिइस् नि त शहरिया दुःख ?
मानिस दुःशासनको ।

सास थुन्दा मानिस मर्छ,
तँ त एक घाँटी बालुवामा डुबेको छस् !

तँ मरिस्, भोगदोइ*,
म पनि मरेँ ।

===

भोगदोइ = भोगदोइ ब्रह्मपुत्रको सहायक नदी हो । यो नदी असमको जोरहाट शहर हुँदै बग्छ । 

भओना = असमको एक परम्परागत धार्मिक प्रदर्शन कला हो, जुन वैष्णव भक्ति आन्दोलनमा आधारित छ र १५ औँ र १६ औँ शताब्दीमा असमका एक सन्त-सामाजिक-धार्मिक सुधारक श्रीमन्त शङ्करदेवले स्थापना गरेका थिए ।

===

(मूल असमिया पर्या कविता:  सुशान्त बरा/

अनुवाद: डा. देवेन सापकोटा)