रातो र तातो
रगतले भिजेको जुत्तामा
एक युवक उभिएको थियो,
उसको शिर ट्याङ्कभन्दा ठूलो थियो।
त्यो केवल चीनको कथा होइन,
विद्रोहको घोषणापत्र थियो।
आन्दोलित!
भीडले
फेरो उठायो समयलाई,
तानाशाहको महल
बालुवाको घरजस्तै ढल्यो।
त्यो केवल इजिप्टको कथा होइन,नेपाली युवा
विद्रोहको को चेतावनी थियो।
पेरिस !
भित्तामा लेखिएको नारा:झै
“कल्पना सत्तामा आओस्।”
त्यो कल्पना
पाठशालाबाट सडकमा
र सडकबाट दर्शनमा बगेको थियो।
सान्टियागाे, चिली!
पिनोचेका ट्याङ्कमाथि
भिक्टर हाराको गिटार झैँ
गर्जियो आन्दोलन,
गीत पनि बन्दुक भयो,
संगीत पनि क्रान्ति भयो।
युवा आन्दोलनको घोषणा!
अमेरिकाको सडकले चिच्यायो,
“आई क्यान्ट ब्रीद।”
त्यो आवाज जस्तै
न्यायको अक्सिजन थियो,
जसलाई फासीवादको
घुँडाले
निस्तेज पार्न सकेन।
भ्रष्टाचारको!
छाताले ढाकेका टाउकोहरू
छाता होइनन्,
उनीहरूको दीवास्वप्न थिए,
धुवाँ, आँसु, गोलीबीच
समग्र नेपाली यूवाहरूको
भविष्य उभिएको थियो।
नेपाली माटो प्रेमी!
चन्द्र सूर्य जडित झण्डा ओढेका युवतीहरू
सडकमा चढेर चिच्याए—
“क्रान्ति!”
उनीहरूको स्वर
नाइल नदीभन्दा विशाल थियो।
म्यानमारमा जस्तो
तीन औंला उठाएको हात
बन्दुकभन्दा शक्तिशाली भयो।
जनताले भने:
“सत्ता हरण गर्न सकिन्छ,
तर चेतना कब्जा गर्न सकिँदैन।”
इरान मा झै
एक महिलाले आफ्ना कपाललाई
प्रतिरोधको झण्डा बनाइन्।
उनको उडेको रिबन
तानाशाहको झण्डाभन्दा ठूलो थियो।
नेपाली जनता!द्वारा
काठमाडौंका हरेक राजमार्ग
जुलुसले अवरुद्ध भयो।
त्यो विद्राेहकाे बीउ मात्र थिएन,
त्यो प्रतिरोधको गोली थियो
भ्रष्टाचार र बेइन्साफीविरुद्ध।
देश प्रेम! र
भ्रष्टाचार विरोधी नारा
सडकबाट उठ्यो।
त्यो नारा
गोलीको आवाज होइन,
आत्मनिर्णयको गीत थियो।
त्यो गीत अझै अधुरो छ,
इतिहासको कानमा
सधैं गुञ्जिरहनेछ।
सडकहरू!
यी सब चोक र टोलहरू!
सारा देशलाई जोड्ने
क्रान्तिको नक्सा हुन्।
मेचीदेखि महाकाली सम्म,
तराईदेखि हिमाल सम्म,
पहाडदेखि उपत्यका सम्म
सबै सडकले एउटै वाक्य लेखेका छन्:
“सत्ताअस्थायी हुन्छ,
विद्रोह अमर हुन्छ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




