नवरात्र चले झैँ
मेरो मन एक्कासि बहकिन्छ ।
झ्याप्प रोकिन्छ ।
मनमा एक्कासि दियो, मैन धूप जलेझैँ,
यो मन एक्कासि रोकिन्छ ।
न सोच्न सकियो, न देख्न सकियो,
झ्यालबाट केही मात्रामा
उज्यालो देखिदै थियो ।
म मौन सोचमा परें
के सोचे ! कस्तो सोचे ?
बुढा यही रहेछ
बा को कथा
आमाको कथा
मामाको कथा
यसरी नै बा बुढा भएछन्
झ्याप्प झ्याप्प बत्ती निभे झैँ
सूर्यको अस्ताउँदो प्रकाश
नौ रङ लिएर
डाँडा कटाउँदै
पश्चिमी भेगमा अस्ताइरहेछ
म ब्युझे झैँ
बिहानीको प्रभाती किरण नरहनेगरी
विलुप्त, विभत्स भयो
सोचे के छैन उसँग
प्रकाश छ ।
परिवर्तन छ ।
प्रभाव छ ।
सबै सबै यथार्थ कुरा,
सर्वपुज्य शक्ति भए पनि,
सौभाग्य मान्नुपर्छ ।
नियम मान्नुपर्छ ।
कालो रात पछिको
घाम जसरी ।
डिसेम्बरको साँझ अचानक ढल्कियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




