याद आइरहन्छ उसैको भुलेर के गर्नु
यो बेकारको मायामा झुलेर केगर्नु
उ प्रेम गर्छु भन्छे अलिकति कपट राखेर
म मात्र यसरी खुलेर के गर्नु
सुख भोग गर्न त पाखुरी चलाउनुपर्छ,बाबू
चोकतिर मात्र डुलेर के गर्नु
भ्रष्टाचारको डढेलोले देश भस्म भो खरानी भो
अब खरानीलाइ आगोमा पोलेर के गर्नु
यो दिल टुटेको होइन फुटेको हो हजुर
यसरी दिल फुटाउनेलाई दिलमा हुलेर के गर्नु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 





