आज ओभानो कसैको आँखा रहेन।
बालक छोरो, अब बालखा रहेन।
भ्रष्टाचार रोक्न, सडकमा उफ्रिरह्यो।
दिनभर करायो, राति तनाखा रहेन।
साहुसँग ऋण काढेर, सहर छिर्यो।
पढाइको खर्च तिर्ने, भाका रहेन।
अन्त्यमा जे नहुनु थियो, त्यही भयो।
कृषि पढेर सकेपछि, पाखा रहेन।
बेरोजगार जनशक्ति मौलाएको देखि।
निवेदन बुझाउन कुनै शाखा रहेन।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ मंसिर २०८२, आईतवार 









