कसैले आएर छुस्स भन्यो –
“तेरो घरमा यति पनि छैन र?”
हो जस्तो लागेर,
मन त्यसैमा घुमिराख्यो।
कसैले खुसी हुँदै बतायो –
“आइफोन पाएँ नि मैले गिफ्ट!”
यता मन फेरि बहकियो।
फेसबुकमा कसैले विदेश घुमेको फोटो राख्यो,
“आहा, तिनीहरूको पो जिन्दगी!”
मन चञ्चल भयो।
अरूले नयाँ गाडी किने,
हिजोसम्म ठीकठाक लागेको बाइक
आज हेलामा पर्न थाल्यो।
कसैले ठूलो घर किन्यो,
वर्षौंदेखि बसेको घर सानो लाग्न थाल्यो।
कसैले महँगा गहना किन्यो,
यता सुनको विषयमा बहस चर्कियो।
हामी बाँचिरहेका छौँ।
तर अर्काको जिन्दगी।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




