महिला: जाम् मया त्यही डाँडैडाँडै, लालीगुराँस फुलेको हेर्दै
पुरुष: जाम् मया तेही फाँटैफाँट, मुग्लानतिरै हानिम्ला त्यहीबाट
महिला: तान् तान् मयाले तिनिक्कै तान्
पुरुष: मान् मान् मयाले मेरै कुरा मान्
महिला: साँचेर राखेको, तिम्रै लागि यो ज्यान
पुरुष: सँगाली राखेको, तिम्रै लागि यो ज्यान
महिला: घाम त अस्ताइसक्यो माया, बिस्कुन किन सुकाउँछ्यौ ?
पुरुष: मनका थुप्रै रहरलाई माया, किन तेसै तेसै लुकाउँछ्यौ ?
महिला: तान् तान् मयाले तिनिक्कै तान्
पुरुष: सँगाली राखेको, तिम्रै लागि यो ज्यान
पुरुष: आकाशमा बादल डम्मै माया, पानी त्यसै पर्ने होइन
महिला: मन भित्रका लड्डुलाई माया, घिउसित खाने होइन
पुरुष: मान् मान् मयाले मेरै कुरा मान्
महिला: साँचेर राखेको, तिम्रै लागि यो ज्यान



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ मंसिर २०८२, बुधबार 




