छिमेकी कमरेडको घरमा चाँदीको काम्लो देखेपछि,
त्यसैगरी पटुवाको हैन रेशमको नाम्लो देखेपछि।
क्रान्तिको अर्थ बल्ल थाहा भो मलाई किनकि
सर्वहाराको गर्धनमा पाँच तोलाको दाम्लो देखेपछि।


शुरुशुरुमा अस्थायी रूपमा रक्षक भैदिए उनी,
स्वार्थपूर्तिका लागि विस्तारै भक्षक भैदिए उनी।
विश्वासमाथि नै घात भएको त्यसै हो र यहाँ,
भरपर्दाहरू विषालु गोमनझैँ तक्षक भैदिएपछि।