महिला: सानासाना बोटमाथि लिस्नो किन हाल्छौ?
बिरालोको पाइलाजस्तै चाल किन चाल्छौ?
लिस्नो किन हाल्छौ? चाल किन चाल्छौ?
पुरुष: सानोसानो कद मेरो, बोट पर्यो अग्लो
तन मेरो सानै छ नि, मन मेरो सङ्लो
बोट पर्यो अग्लो माया, मन मेरो सङ्लो
पुरुष: फुर्सद छ कि छैन खाली डाकी मात्र रहन्छौ
महिला: फूल टिप्ने कहिल्यै होइन, हाँगा मात्र भाँच्छौ
पुरुष: घुम्न जाऊँ गोरखपुर बटौलीको बाटो
धेरै घुम्ती आउँछन् है, जाला तिम्रो सातो
बटौलीको बाटो, माया जाला तिम्रो सातो
महिला: चढिहालौँ ट्याक्सी अब, भर नपरौँ बसैको
जोरीपारी धेरै छन्, आँखा लाग्ला कसैको
भर नपरौँ बसैको माया, आँखा लाग्ला कसैको
पुरुष: कुरा मात्र गर्ने हैन, हिँड्ने बाटो छैन
महिला: घरमा मात्र बसी-बसी, छैन मलाई चैन
पुरुष: मन मिलाउन खोज माया, नत्र होला बोझ
बाटा धेरै भेटिएलान्, मिल्दो बाटो रोज
मन मिलाउन खोज माया, मिल्दो बाटो रोज
महिला: पैल्ये पिरिम लाऔं, अनि गीत गाऔं
छोडी कतै नजाऊँ, आफ्नै गाउँ ठाउँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 




