प्रश्नकै भुटुवा कवाब प्रश्नकै, पक्कु पनि प्रश्नकै
नौलो थान सिलाई बन्दछन् यहाँ, थाङ्ग्ना पनि प्रश्नकै
तरकारी अचार अनेक थरिका, ढिडो बनाई मिठो
सातु प्रश्नकै दुध प्रश्नकै बन्छ मिलाई लिटो !!!

सोध्छ्न् उत्तर प्रश्नले प्रश्न सित, प्रश्नै दिने उत्तर
प्रश्न लेख्छ्न् कथा नियतिहरु , पारेर घाउ मत्थर
खाउँला प्रश्न पकाउँला पनि, प्रश्नै पोलुला अनी
प्रश्न गतिला सिँगार्न सकेमा बन्छ समाजै पनि !!!

रोपौँ आश हृदयको भुवनमा निराशा चिर्दै अव
फर्काऊँ रश्मिका किरणहरु बन्ने छ यो देश तब
हिलो छ्याप्न हुन्छ सजिलो उज्यालो गह्रो खरो
रश्मि झैँ चम्काउनु मुलुक यो,बिशेक पार्दै ज्वरो