लय पाउन्, बिम्ब पाउन्, दर्शन पाउन्, गजल तिम्रा
जता हिँड्छ्यौ तिमीसँगै ताल मिलाउन् गजल तिम्रा।
हाँस्न सक्छन् जिन्दगीमा सुखमा त जो जहाँ पनि
दुःख बीचमै एक सुर जीवन मुस्कुराऊन् गजल तिम्रा।
कहाँ हुन्छन् फूल ‘फूल’ केवल फूलहरूको दुनियाँमा
फूल, पात, काँडासित समेत प्रीत लाऊन् गजल तिम्रा।
रोयौँ भने सबलाई पर्छ यहाँ रुने बानी
पीर, व्यथाको सस्तो आँसु नखसाऊन् गजल तिम्रा।
समयको रातो थुङ्गा बन्न सक्छ्यौ कतिसम्म!
तिम्रो नाम लिँदा हरपल मगमगाऊन् गजल तिम्रा।
नहराऊन्, न बिलाऊन् यात्राभित्रै तिमीसित
उठी मिसिन मान्छेहरूको शिर उठाऊन् गजल तिम्रा।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ कार्तिक २०८२, सोमबार 




