कुकुर भित्र म बाहिर
कुकुर मान्छेको काखमा म पाखामा
कुकुर मान्छेको बुईमा म भुईँमा
कुकुर मान्छेको भोजमा म टाढै भोकमा
कुकुर मान्छेको मायामा म छायामा
कुकुर मान्छेको नजिकमा म धेरै दूरमा
कुकुर मान्छेको छातीमा म यता लात्तीमा
कुकुर अनेकन व्यञ्जनमा म भोकले रोदनमा ।

किनकी
कुकुरको वर्ण, जात, धर्म छैन
तर म एक मान्छे
यी सबैले घेरिएको छु
जञ्जिरै जञ्जिरले बेरिएको छु ।