घरभरी राम्रा फूल रोप्नुपर्दो  रै’छ ।
कहिलेकाहीँ मनको बह पोख्नु पर्दो रै’छ ।
जलमल साथ भए फूल फूल्दो रै’ छ ।
रुखिएको माटो भए फूल गल्दो रै’छ ।

भगवानले भन्छन् अरे फूल चढाइदेऊ ।
मलाई पनि अरुभन्दा अघि बढाइदेऊ ।
रमाउछ तन मन हेर्ने बेलासम्म ।
कसैलाई  थाहा हुन्न झर्ने बेलासम्म ।

ओसेपमा फूले पनि घाममा फुले पनि ।
मुस्कुराउँछ जहाँ आउँछ जेमा भुले पनि ।
मर्दा पर्दा जे पर्दा नि चढाइँदो रै’छ ।
किताबमा फूल चढाई पढाइँदो रै’छ ।

जसले गर्छ स्याहारसुसार बेलाबखतमा ।
उसले फूल टिप्न हेर्न पाउँछ फगतमा ।
दुख बिमार पर्दा अनि हर्ष बढाई गर्दा ।
फूल चाहिने रै’छ हजुर सम्मान गर्नुपर्दा ।