रातो जुत्ता
आशाको दियोझैँ उज्यालो थियो एक समय
तर बाटोमै टुट्यो तुना
र हिलोसँग लतपतियो
धुलोसँग मिसियो
रातो रङ्ग उड्यो
गन्तव्य रोयो
हिँडाइको कथा सकियो
जुत्ताले सम्झियो इतिहास
र फ्याँकिएको कुनामा
उसले लाजलाई लुकायो
उपहास बनेर
सेतो जुत्ता
निर्मल हृदयझैँ चम्किलो थियो एक समय
तर बाटोमै छुट्यो पाइला
र लालीसँग पोतियो
छायाँसँग मिसियो
सेतो रङ्गमा दाग लाग्यो
यात्रा टुट्यो
हिँडाइको कथा रोकियो
जुत्ताले याद गर्यो दौडिएको बाटो
र अन्त्यमा
सडक किनारमा
थकित एक्लो जुत्ता
शान्त भयो
इतिहास बनेर
कालो जुत्ता
जसको भयानक थियो पदचाप
जो इतिहासलाई ठट्टा गर्दै
इतिहासकै जगमा
अटुट खडा छ !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 










