तिमी सबैलाई माया गर्नू
आदर, सत्कार र सम्मान गर्नू
धैर्य अनि सहनशील बनी
सर्वत्र सकारात्मक ज्योति छर्नू
मेरो मन तिमी यस्तै नै हुनू।
हिलोमा फुल्ने कमल हुनू
चोटहरूमा दल्ने मलम हुनू
स्रष्टाहरूलाई साथ दिँदै
सिर्जना रच्ने कलम हुनू
मेरो मन तिमी यस्तै नै हुनू।
हाँस्ने अनि हँसाउने गर्नू
बाँच्ने अनि बचाउने गर्नू
मानव धर्मको शरणमा परी
कर्म नै धर्म हो प्रचार गर्नू
मेरो मन तिमी यस्तै नै हुनू।
दाँतहरूजस्तै रूखो भएर
अल्पायुमै एकाएक झर्ने नहुनू
जिभ्रोसरि नरम भएर
मृत्युपर्यन्त सँगै रहनू
मेरो मन तिमी यस्तै नै हुनू।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ कार्तिक २०८२, सोमबार 




