आमाको कोखबाट सुरु हुने जीवन
अन्त्यमा धर्तीमा विलीन हुने जीवन
मलाई किन आगोझैँ पोल्दछ?
चार दिनको त हो भन्छन् जीवन
मोडैमोडहरूले घेरिएको जीवन
मलाई किन अल्मलिएको झैँ लाग्दछ?
सुख अनि दुःखको चक्रसरी जीवन
सङ्घर्षले भरिपूर्ण भएको जीवन
मलाई किन केवल दुःख लाग्दछ?
हाँस्नु अनि रुनु पलहरूको जीवन
पाउनु अनि गुमाउनु क्षणहरूको जीवन
मलाई किन आँसुले भरिएको सागर लाग्दछ?
प्रकृतिको एक उत्तम वरदान जीवन
धनी अनि गरिबको भेद गराउने जीवन
मलाई किन गरिबीको सर्पले डसेझैँ लाग्दछ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 










