ओ! नव विजेताहरू हो,
याद राख,
समय बलवान् छ।
छिनभरमा
अमिर भिखारी भएका छन्;
भिखारी अमिर भएका छन्।
शक्तिशालीहरू शक्तिहीन भएका छन्;
शक्तिहीनहरू शक्तिशाली भएका छन्।
इतिहास साक्षी छ,
खराब आचरण
र
दुष्ट सल्लाहकारहरूकै कारण
कसैले हस्तिनापुर गुमाएका छन्
सदासदाको लागि।
कोही
हितकारी सारथी
र
कर्तव्यनिष्ठ इमानदारीताकै कारण
चप्परमुनिबाट जुरुक्क उठेर
गुमाएको हस्तिनापुरमा राज गरेका छन्।
ओ! नव विजेताहरू हो,
बुझ!
यो पनि बुझ!
नरिवललाई हेर्न होइन,
खान जान्नु पर्छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८० फाल्गुन ९ ०२:१४
२२ कार्तिक २०८२, शनिबार 









