पुरुष:
अन्नधुन्न पानी पर्यो, मेरो मनले शङ्का गर्यो।
डाडु पन्यु चाट्यौ कि त,
अन्तै मन साट्यौ कि त, सानु, बिहे गर्न आँट्यौ कि त?
महिला:
घामपानी भयो नि, रुझी हिँड्नु पर्यो नि।
डाडु पन्यु चाट्यौ कि त,
मलाई कतै ढाँट्यौ कि त, कान्छा, बिहे गर्न आँट्यौ कि त?
पुरुष:
तिमीलाई कतै भेटिनँ, जन्ती बाख्रो देखिनँ।
पञ्चेबाजा घन्किँदा, बाटो कतै छेकिनँ।
डाडु पन्यु चाट्यौ कि त,
अन्तै मन साट्यौ कि त, सानु, बिहे गर्न आँट्यौ कि त?
महिला:
तिम्रो गाउँमा बज्यो बाजा, रोटी–कसार बन्यो खाजा।
रुखमा आई कौवा बस्यो, मेरो मनमा शङ्का पस्यो।
डाडु पन्यु चाट्यौ कि त,
मलाई पनि ढाँट्यौ कि त, कान्छा, बिहे गर्न आँट्यौ कि त?
महिला:
मलाई खोज्दै आएनौ, माया–पिरिम लाएनौ।
नौला–नौला आए मान्छे, गाउँगाउँमै धाए मान्छे।
डाडु पन्यु चाट्यौ कि त,
मलाई पनि ढाँट्यौ कि त, कान्छा, बिहे गर्न आँट्यौ कि त?
पुरुष:
तिमीलाई खोज्दा देखिनँ, चिठी–पत्र लेखिनँ।
नौला–नौला देखेँ मान्छे, तिम्रो गाउँतिरै जान्थे।
डाडु पन्यु चाट्यौ कि त,
अन्तै मन साट्यौ कि त, सानु, बिहे गर्न आँट्यौ कि त?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 




