धुँवाको विशाल मुस्लोमाथि
बडो सानले उडिरहेको
त्यो रिसाहा बाज
डराउँछ मुट्ठी कसेको देखेर।

साथी हो!
दूरी बनाऔँ।
यदि धेरै मान्छेहरू सँगै भेटिए भने
‘स्वतन्त्रता’ पर्नेछ खतरामा
र हामी पर्नेछौँ
निर्मम बाजको आक्रमणमा।

आँखाहरू बचाऊ।
ती लुछिन सक्छन्।
तर छापी राख मस्तिष्कमा
यो दृश्य अपमानको।
अब हामी ‘स्वतन्त्रता’विरूद्ध
अविराम युद्धमा छौँ।