आमा, म नगए को जान्छ?
हामीले नगरे कसले गर्छ? भन्दै
स्कुले झोला भिरेर गएका
देशकै लागि अमर भएका
उनी, अझै उठेका छैनन्।।
शोकमा छ पूरै देश
पहाड, हिमाल र मधेस
अस्पतालमै छट्पटाउँदैछ
हिजो अस्ति कक्षा आउने रमेश।।
भाइ भेट्न अस्पताल पुगेकी उनी, भेटिनन्
तातो भाइको चिसो शरीर समाउँदै गर्दा लागेको रातो (पीडा)
सुकेको छैन
तर यो सब निम्त्याउने नेतालाई
कत्ति पनि दुखेको छैन
र त देशको माया ‘जिरो’ अनि आफ्नो पार्टी ‘हिरो’
हुनेहरू
पर कुनाबाट चियाउँदै भन्दैछन्
“हामी फेरि उठ्नेछौँ”।।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 






