अविरल वर्षा, दैवको प्रहार,
धर्ती थर्काउँछ, उग्र धार,
बगाउँछ सबै, अनियन्त्रित भई,
जीवन र सम्पत्ति, सबै बगाई।।
पहिरो खस्छ, ढुङ्गा र माटो,
घर र बस्ती, नष्ट गर्छ बाटो,
कति रुँदै, कति तड्पँदै,
जीवनको आशा, भरोसा लुट्दै।।
सम्झना ती क्षण, मनै छुन्छ,
तिम्रो वेगले आशा, निराशामा डुब्छ,
अविरल वर्षा, तिमी कति निर्दयी,
बगायौ सबैको सपना, अविरल हिर्काई।।
अविरल वर्षा, तिम्रो प्रहार,
ल्यायौ जताततै, विघ्नको भार।।
अविरल वर्षा, अति भो अब,
रोकियौ तिमी खुशी हुनेछन् सब।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 




