एउटा फूल झर्दा खेरी बोटै खाली हुने भए,
कति बाटो मोड्न खोज्छौ, तिमी नै जाली हुने भए।
तिमी जस्तो कतै भेट्न देश-विदेश घुम्दा खेरी,
किन रोज्थेँ जीवनसाथी अफ्रिकन काली हुने भए?
बिहे गर्ने मन त थियो मङ्सिर महिनामा मलाई,
किन तिमी डराउँछौ अरे, सबैको ताली हुने भए?
तिम्रो घर धाउँदा-धाउँदा म त बानी परिसकेँ,
कि दिन्छौ कि तिम्री दिदी, तिमी नै साली हुने भए।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 




