श्रब्य साहित्य

चाउरी पर्छ मरिच राग बाँचेको छ
मान्छे जल्छ रुखो खाग बाँचेको छ

हेर्ने नजर उसैको हिरा हो कि पत्थर
भन्दै थियो चन्द्रमामा दाग बाँचेको छ

कोही दिन्छन् हात यहाँ सक्नेले तान्छन्
छात्तीभित्र कसैको देब्रे भाग बाँचेको छ

जङ्गलमै फूलेको फूल पनि बन्धक भो
झर्छ एक फूल्न अर्को बाग बाँचेको छ

जीवन बुझ्ने परिचय उपहार नै ठान्छु
अर्को जन्म हुन्छ र ? माग बाँचेको छ ।

बागमती – १, बोटगाउँ
मकवानपुर