
जहाँ गयाे उहीँ माया बसाउने
जस्लाई भेट्याे उसैलाई फँसाउने
मनै जाली छ,
बाहिर बाहिर देखिने न्यानाे माया भित्र खाली छ ।
पाेहाेर साल पूर्वमा एउटी थी अरे
परार साल पश्चिममा नि अर्कै थी अरे
यसपालि मसँग नि ठिकै छ
फूल जडे नि दिलभरि फिकै छ
मनै जाली छ,
बाहिर बाहिर देखिने मीठो बाेली भित्र गाली छ ।
अर्कीसँग तिमी बाहेक काेही छैन भन्छाै रे
रुँदैरुँदै वाचा गरी किरिया खान्छाै रे
यसरी मसँग नि ठिकै छ
रङ जडे नि दिलभरि फिकै छ
मनै जाली छ,
बाहिर बाहिर देखिने सुन्दर फूल भित्र फाली छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
