छोरी पायाै घर देखि गोठ खेदियौ नि आमा
गोठ पस्थ्यो बाढी साउनमा हेलियौ नि आमा

जेल्दा जेल्दै सम्बन्धको डोरीहरूलाई कठै
गाँठो परी सारो भयो रेटियौनी आमा

सुन्दै आयौ बेला बखत तिम्रै घर कुरिदिया छु
लालपुर्जाको पानाबाट मेटियौनी आमा

धर्मराए खुट्टाहरु घाँसको भारी बोक्दाबोक्दै
कामचोर भै खाएर भेट्टियौ नि आमा

भैंसीलाई घाँस तिम्रो भागमा दूध उनको भागमा
आङ खस्यो गाल वाणले छेडियौ नि आमा

पानी पर्थ्यो लुगा भिज्थ्यो छानो चुइएर
भित्तामा आडेस लगाई लेटियौ नि आमा ।