तिमी घर हुँदा म छेक्ने छाना हुनुपर्छ
म कलम तिमी खाली पाना हुनुपर्छ

बाँचुन्जेल रिस राग फाली बाँचौँ सानू
तिमी शब्द सङ्गीत म सधैं गाना हुनुपर्छ

तिमी अँध्यारोमा कहिल्यै तर्सिन हुन्न प्यारी
म तिम्रैलागि सधैं सुन्दर बिहाना हुनुपर्छ

हामी पनि सहकार्य गरौँ मौरी परिवारझैँ
तिम्रो अग्लाइमा पनि त म साना हुनुपर्छ ।

मण्डन देउपुर न.पा–०१, काभ्रे