
मुख छोपेर, कति भाग्छौं यात्री।
प्रेमको भिख,कति माग्छौं यात्री।
साँझ दियो बाली, पर्खनु छँदैछ।
अधेरी रात, कति जाग्छौं यात्री।
साँचो मनले, माया गर्छु भन्थेउ।
रूपको पछि,कति लाग्छौ यात्री।
संसार नै प्रेममा,अडिएको बेला।
प्रेमको सीमा, कति नाग्छौ यात्री।
आगो रहेछ माया, मनै जलाउने।
मनमा गोली, कति दाग्छौ यात्री।
तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
