
उम्कियो गल्ती गर्ने, म घानमा परेँ
मन्दिर हिँडेको थिएँ, चिहानमा परेँ
जाने त हर्षको उडान भरेर गैगयो
यता म आफ्नै आँशूको डुबानमा परेँ
बाठाकै छ समय, र समूह तिनकै छ
न काग न कोइलीको बथानमा परेँ
फुत्तै निकालिएँ मायाको बगैँचाबाट
त्यस्को लगत्तै घृणाको रछानमा परेँ
होसमै पनि त बेहोस भइँदो रहेछ
जहाँ जे जसरी परेँ, अन्जानमा परेँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
