एक रात एक बात लेख्नेछु
हामी दुईलाई हिफाजत साथ लेख्नेछु

शायद तिमी छैनौ भाग्यमा
म मेरो हातमा तिम्रो हात लेख्नेछु

बोल्नु, हाँस्नु त पछिको कुरा हो
आँखा जुध्नुलाई पनि भेटघाट लेख्नेछु

तिम्रो जीवनको पात्र बन्न मन छ
तिमी एक पंक्ति लेख्नु म अगाडि इर्साद लेख्नेछु

होला तिम्रो त्यो गाउँको गल्ली नयाँनौलो कसैका लागि
मेरो गजलमा म त्यसलाई विश्व प्रख्यात लेख्नेछु ।

श्रीपुर -११, वीरगञ्ज