मुक्तक (१)
मेरो नराम्रो पक्ष बजारमा बिकाउन कसरी सक्यौ
मेरो मायासँग अरूको माया मिसाउन कसरी सक्यौ
तिमी मेरो तनमन मस्तिष्कमा बसेको मान्छे थियौ
आज आएर मेरोबारे नराम्रो चिताउन कसरी सक्यौ

मुक्तक( २)
म त यहाँ बारम्बार जिउँदै मरेर पनि बाँचेको मान्छे
म सधैँ ठीक छु भन्दै दुनियाँलाई ढाँटेको मान्छे
मलाई नसोध न साथी दुःखपीडा कस्तो हुन्छ भनी
रुँदारुँदै एकान्तमा बसी पीडा लुकाई हाँसेको मान्छे

सिद्धिचरण नगरपालिका १०
बेतिनी, ओखलढुङ्गा