बहर: मुतकारिब मुसम्मन सालिम

वजन-१२२ १२२ १२२ १२२

भएको जवानी गुमाएर रोएँ
सधैँ अश्रुधारा बगाएर रोएँ

अपत्यार लाग्ने भयो जिन्दगानी
कहरले खरानी बनाएर रोएँ

बगरमा लडेको भएको छु ढुङ्गा
नबुझ्दा खुबै मन दुखाएर रोएँ

न भेटेँ किनारा न पाएँ सहारा
कुनामा सिरानी भिजाएर रोएँ

हराएछु आफैँ हमेसा सफरमा
थियो आश त्यान्द्रो चुडाएर रोएँ
~~~~~~
गम्भीर दुवाडी
गजुरी धादिङ्ग