घुमन्ते फूल
पुग्छ हजारौँ घर
चितामा एक्लै

खुसीको खोज
ईन्द्रेणी संसारमा
लुक्या छ भित्र

प्यासी मानव
घुट्काउँछ समुद्र
डुब्दछ आफैँ

सयौँ बचेरा
रित्तो बुढ्यौली माउ
गुँडमा एक्लै

जिस्कायो मान्छेले
लौ रिसाइन् प्रकृति
शहर स्वाहा

स्यालको सभा
कुर्सीमा लुछालुछ
आमाको मासु

छानो बनाउन
टाढा उडेको फूल
बिग्रियो घर

चुँड्यो कोपिला
हातभरि रगत
शून्य चित्कार

पैसाको बोट
शिशिरको पवन
छुन नमीठो

प्राणी जीवन
अन्धकार रातमा
नदीको यात्रा

नेताको बोली
सर्पको त्यो काँचुली
फेरिनु धर्म

फोर्छौँ पहाड
हाम्रा हातमा पर्छ
झिँगाको बोसो

माटोमा रोप्छौँ
अन्नका काँचा दाना
फल्छ असिना

स्याल खोकेछ
सिंहदरबारमा
बाघ तर्सियो

विद्यालयमा
गमला बनाइयो
फूल फुलेन ।