१. मायालु साथ
सपना पो रहेछ
जाग्दा सिरानी !

२. मनमा कतै
काउकुती लगायो
तिम्रै यादले !

३. आज निकै नै
प्रफुल्ल भयो मन
भेट्ने आशले !

४. दुई कदम
हिंडीदेउ समाई
मायाले हात !

५. माग न तिमी
सुम्पिदिन्छु जीवन
मायाकै नाम !

गुल्मी