तिम्रा सद्भाव धनुषले ताकेको तारो भयो
मप्रतिको व्यवहार मक्किएको घारो भयो
अब भो छोडिदेउ मलाई सधैका लागि
तिमीले दिएको माया तातो न छारो भयो
-१-

सङ्घर्षबिनाको जीवन खल्लो हुन्छ
सुरिलो त दियालो झिकेको सल्लो हुन्छ
जीवनमा सुख मात्र खोजियो भने
जीवन माउबिनाको चल्लो हुन्छ
-२-

जिन्दगी थोत्रो र बिग्रेको गाडी झैँ भयो
जिन्दगी डढेलो लागेको झाडी झैँ भयो
तिमी जे भन जसो भन तर बुझ यत्ति
जिन्दगी पुरानो खुइलिएको साडी झैँ भयो
-३-

तिमीलाई उपयुक्त सल्लाह दिएको मैले हो
तर मप्रति विश्वास गर्ने कैले हो
अझै कुरा बुझ्दैनौ किन हो किन
प्रेम उपहार दिने म तिमीभन्दा पैले हो
-४-

बुढानीलकण्ठ, काठमाडौँ।