हिमालले बाक्लो बख्खु ओढे जस्तो भा’छ
हिजोदेखि अल्लि चिसो बढे जस्तो ला’छ ।

आकासतिर बादलको चाल बुझ्दा खेरि
छाता पनि काम लाग्दैन पानी पर्दा फेरि ।

लुगा माथि लुगा अब लाउनु पर्ने भयो
हैन भने ठन्डिले नै मलाई छुने भयो ।

गर्मी लागे सोच्ने गर्छ कैले जाडो आउला ?
जाडो हुँदै गएपछी कैले गर्मी आउला ?

सोचाइ पनि मान्छेको यो कति केरिएको
छेपारोले रङ्ग फेरे सरि फेरिएको ।

प्रकृतिले सिकाएको छ नि सबैलाई
देखेर नि आउदैन भो हामी कसैलाई ।

हामी पनि यिनी सँगै रमाउन सिकौँ
परिबर्तन समयको समाउन सिकौँ ।