
प्रेमिल ती जोडी नयन जुधेपछि बुझ्छौ कुरा
बन्द त्यो झूटको पर्दा खुलेपछि बुझ्छौ कुरा
भन्नेहरू के के भन्लान् तिम्रो बारे मेरो बारे
अरु छोडी आफ्नै मनलाई सुनेपछि बुझ्छौ कुरा
पर्खाइमै तड्पाइमै बितेका ती दिनहरूलाई
तिम्रै नामको दुबो माला उनेपछि बुझ्छौ कुरा
समयले दिन्छ हेर जवाफ हरेक सवालको
चाँदनी त्यो बादलभित्र लुकेपछि बुझ्छौ कुरा
प्रेमिल ती जोडी नयन जुधेपछि बुझ्छौ कुरा
बन्द त्यो झूटको पर्दा खुलेपछि बुझ्छौ कुरा ।
गुल्मी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
